Nepal Life

सामान्य रूपमा घट्यो नेपाल बैंकको नाफा, ईपीएस पनि कम

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Nov 07 09:38
सामान्य रूपमा घट्यो नेपाल बैंकको नाफा, ईपीएस पनि कम

काठमाडौं । नेपाल बैंक लिमिटेड (NBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Nepal Life
NIMB

प्रकाशित विवरण अनुसार, बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा घटेका छन्।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको ६० करोड २१ लाख रुपैयाँको तुलनामा २.३१ प्रतिशतले कम हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि चालु कर खर्च वृद्धि भएको कारण बैंकको खुद नाफा घटेको हो। समीक्षाअवधिमा बैंकको खुद ब्याज आम्दानी १६.३८ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशतले घटेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशत र सञ्चालन मुनाफा ३२.८१ प्रतिशतले वृद्धि भएको छ।

तर, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षाअवधिमा बैंकको ईपीएस ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) १५.०५ गुणा रहेको छ।

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया