NIMB Header 2
Nepal Life

भाषण भन्दा सुनाइ: रञ्जु दर्शनाको फरक राजनीति, ‘महिला सक्दैनन्’ भन्ने भ्रम तोड्दै

National Life
  • BFIS News
  • 2026 Jan 29 21:48
भाषण भन्दा सुनाइ: रञ्जु दर्शनाको फरक राजनीति, ‘महिला सक्दैनन्’ भन्ने भ्रम तोड्दै
Sanima Reliance

काठमाडौं। एक दशक अगाडी बैकल्पिक राजनीतिको वकालत गर्दै उदाएकी रञ्जु दर्शना आराम गर्नु पर्ने अवस्थामा पनि मतदाताको घर घर पुग्दै उनिहरुका आशा, समस्या र आवाज सुनिरहेकी छिन्। पार्टीले सामानुपातिकको सहजता प्रदान गर्दा गर्दै दर्शनाले यस्तो शाहस देखाइन् जसले महिला प्रति आम मानिसले हेर्ने नजरलाई नै परिवर्तन गरिदिएको छ।

Shikhar
NIMB

काठमाडौं क्षेत्र नं. १ का मतदाताको ढोका ढकढक्याइरहेकी दर्शनाले जनताको आवाजलाई आफ्नै बनाउने अठोटका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मत मागिरहेकी छिन्। राजनीतिमा महिला अझै पनि ‘घर व्यवहारमै सीमित’ हुनुपर्छ भन्ने परम्परागत सोचलाई चुनौती दिँदै उनले व्यवहारबाटै प्रमाणित गरिरहेकी छिन्, महिला हरेक परिस्थितिमा अघि बढ्न सक्छन्, नेतृत्व गर्न सक्छन्। पार्टीले समानुपातिक प्रणालीको सहजता दिँदा पनि उनी सुरक्षित बाटो रोजिनन्; बरु सबैभन्दा जटिल र चुनौतीपूर्ण मानिने काठमाडौं–१ बाट प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिइन्। यही साहस नै आज उनको पहिचान बनेको छ।

जटिल मैदान, दृढ आत्मविश्वास

काठमाडौं क्षेत्र नं. १ आफैँमा कठिन राजनीतिक भूगोल हो। नेपाली कांग्रेसको लामो समयदेखिको प्रभाव, राप्रपाका प्रभावशाली नेता रविन्द्र मिश्रले विगतका दुई चुनावमा झिनो मतान्तरले हार व्यहोरेको इतिहासले यो क्षेत्रलाई झन् रोचक बनाएको छ। यस्तै चुनौतीबीच रञ्जु दर्शना जनतामाझ पुगिरहेकी छिन्।

मतदाताको समर्थन उनीप्रति केवल सद्भाव मात्र होइन, उनको मिसन, भिजन र स्पष्ट दृष्टिकोण प्रति विश्वासको संकेत हो।

संगै हिँडौँ’ राजनीति भाषण होइन, सुनाइ

उनको यहि माघ १४ र १५ गतेका घरदैलो कार्यक्रम “संगै हिँडौँ”ले सबैको ध्यान आकृष्ट गरेको छ। उनको भनाइमा, “राजनीति भाषण मात्र होइन, सुनाइ पनि हो। सुनाइपछि बुझाइ र समाधान उन्मुख यात्रा सुरु हुन्छ।”

घरदैलोका क्रममा स्थानीय दिदी–बहिनीले दही–चिउराले गरेको सत्कार, चिया–पान कार्यक्रममा साटिएका पीडा र आशा, मतदाताले दिएको माया र आशीर्वाद यी सबै क्षणहरूले राजनीतिलाई मानवीय बनाइदिएका छन्। “यी साना तर गहिरा क्षणहरूले राजनीति विश्वास र सम्बन्ध हो भन्ने सम्झाइरहन्छ,” उनी भन्छिन्।

भूतकालको विश्वास, भविष्यको संकल्प

आठ वर्षअघि काठमाडौं महानगरपालिकाको मेयर पदका लागि पाएको २३ हजारभन्दा बढी मत आज पनि रञ्जुको सबैभन्दा ठूलो शक्ति हो। यही विश्वासलाई अझ परिपक्व अनुभव, आत्मविश्वास र लगनशीलतासँग जोड्दै उनी फेरि जनतामाझ उभिएकी छिन्, प्रतिनिधि सभा सदस्यको रूपमा।

 

उनको स्पष्ट सन्देश छ “यो चुनाव आजका लागि मात्र होइन, भोलिको भविष्यका लागि हो। सन्ततिका लागि सुरक्षित, समृद्ध र न्यायपूर्ण देश बनाउने अभियान हो।”

देशभर परिवर्तनको उद्घोष गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको 🔔 को बहुमत आवश्यक रहेको उनको विश्वास छ, र त्यसको सुरुवात काठमाडौं–१ बाट हुने दाबी पनि।

भूईँको राजनीति, खुला ढोका

नागरिकसँग नजिक हुन घट्टेकुलो (वडा नं. २९) मा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ। “यो कार्यालय सधैं तपाईंका आवाजका लागि खुला रहनेछ,” उनी भन्छिन्। एक कप चियासँगै मनका कुरा, सडकदेखि सदनसम्मको यात्रा; यही हो रञ्जु दर्शनाको राजनीति।

रञ्जु दर्शना आज केवल उम्मेदवार होइनन्; उनी वैकल्पिक राजनीतिक चेतनाको प्रतीक हुन्। काठमाडौं–१ मा उनको हरेक कदमले एउटा प्रश्न उठाइरहेको छ, के अब राजनीति बदलिन सक्छ? उत्तर भने मतदाताको हातमा छ। 🔔 “तपाईंको साथ, समर्थन र सहभागिताले परिवर्तन सम्भव छ।”

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया