NIMB Header 2
Nepal Life

मेटलाइफ इन्स्योरेन्सको नाफामा ८.५६% गिरावट, बीमाशुल्क आम्दानीमा दोहोरो अंकको वृद्धि

IME LIFE
  • BFIS News
  • 2026 Feb 11 11:35
मेटलाइफ इन्स्योरेन्सको नाफामा ८.५६% गिरावट, बीमाशुल्क आम्दानीमा दोहोरो अंकको वृद्धि
United Ajod

काठमाडौं। मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा घट्दा बीमाशुल्क आम्दानी भने उल्लेखनीय रूपमा बढेको देखिएको छ।

Nepal Life
NIMB

गत आर्थिक वर्षको पुस मसान्तसम्म २२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा ८.५६ प्रतिशतले घटेर २० करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ। बीमाशुल्क आम्दानीमा वृद्धि भए पनि खर्चको दर उच्च हुँदा नाफामा दबाब परेको विश्लेषण गरिएको छ।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब १० करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको २ अर्ब ७४ करोड ७१ लाख रुपैयाँको तुलनामा १३.१७ प्रतिशतले बढी हो। यसले व्यवसाय विस्तार र बजार उपस्थिति सुदृढ भएको संकेत गर्छ।

यद्यपि, आम्दानी ८.१७ प्रतिशतले बढ्दा कुल खर्च १०.२७ प्रतिशतले बढेको छ। विशेषगरी अभिकर्ता कमिशन १४.२७ प्रतिशतले वृद्धि भएको छ, जसले सञ्चालन खर्चमा थप दबाब सिर्जना गरेको देखिन्छ। बीमा व्यवसायमा बिक्री विस्तारसँगै कमिशन खर्च बढ्नु स्वाभाविक मानिए पनि खर्चको वृद्धि दर आम्दानीभन्दा उच्च रहँदा नाफामा असर परेको देखिन्छ।

वित्तीय स्थायित्वका सूचकहरू भने सन्तोषजनक देखिएका छन्। कम्पनीको महाविपत्ति कोषमा ६३ करोड २७ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ४७ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको छ। जीवन बीमाकोषको आकार ३१ अर्ब ९ करोड ३९ लाख रुपैयाँ पुगेको छ, जसले दीर्घकालीन दायित्व वहन गर्ने क्षमता बलियो रहेको संकेत गर्दछ।

सोल्भेन्सी मार्जिन अनुपात २.०८ प्रतिशत रहेको कम्पनीको कुल सम्पत्तिको मूल्य ३८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। नियामकले तोकेको न्यूनतम सोल्भेन्सी मापदण्डभन्दा माथि रहनु कम्पनीको वित्तीय स्वास्थ्य सकारात्मक दिशामा रहेको संकेत मानिन्छ।

समग्रमा, मेटलाइफले व्यवसाय विस्तारमा प्रगति गरे पनि बढ्दो खर्च व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ। आगामी त्रैमासमा खर्च नियन्त्रण र आम्दानी वृद्धिको सन्तुलन कायम गर्न सके कम्पनीको नाफा सुधारिन सक्ने देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया