NIMB Header 2
Nepal Life

महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता संस्करण ३'को पुरस्कार वितरण

IME LIFE
  • BFIS News
  • 2026 Feb 16 19:25
महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता संस्करण ३'को पुरस्कार वितरण
United Ajod

काठमाडौं। ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता संस्करण ३’को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष संस्करण ३ सफलतापूर्वक सम्पन्न गरेको छ। 

Nepal Life
NIMB

विं.सं. २०८२ साल भाद्र ११ गतेदेखि आश्विन ३१ गतेसम्म विभिन्न फोटो संकलन गरिएको थियो। यस प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापार झल्कने फोटो खिचेर पठाउनुपर्ने नियमअनुसार विभिन्न फोटोग्राफरमार्फत विभिन्न फोटो प्राप्त भएका थिए। 

प्रतियोगितामा समावेश सम्पूर्ण फोटो उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायमार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए। प्रतियोगिताको मूल्यांकनका लागि छानिएको तीन सदस्यीय निर्णायक समितिमार्फत १५ वटा उत्कृष्ट तस्बिर छानिएको थियो। 

काठमाडौंमा आयोजित उक्त कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय स्थान र पब्लिक च्वाइस अवार्ड हासिल गर्ने फाटोग्राफरलाई पुरस्कार वितरण गरिएको हो। उक्त प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोख्रेल तेस्रो हुन सफल भएका छन्। विजेताले प्रमाण पत्रका साथमा क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

पब्लिक च्वाइसमा सबैभन्दा बढी भोट प्राप्त गरी शर्मन राज भण्डारीले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन्। उनले प्रमाण पत्रको साथै १० हजार रुपैयाँ प्राप्त गरेका छन्। यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकतर्फ उत्कृष्ट १५ फोटोग्राफरलाई प्रमाण पत्र प्रदान गरिएको थियो।

यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशीसमेत वृद्धि गरिएको थियो। यस्ता कार्यबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रवर्द्धन तथा प्रचार प्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगदरहित बैंकिङ्ग कारोबारलाई बढावा दिन सञ्चालन गरेको 'महालक्ष्मी माघ महोत्सव'समेत सफलतापूर्वक सम्पन्न भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया