Nepal Life

धनकुटाका सबै मतदान केन्द्रमा निर्वाचन कर्मचारी र सामग्री पुग्यो

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 14:53
धनकुटाका सबै मतदान केन्द्रमा निर्वाचन कर्मचारी र सामग्री पुग्यो
National Life

हिले, फागुन १९ गते । धनकुटा जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री पुगिसकेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका ११९ मतदानस्थलअन्तर्गत रहेका १६६ मतदान केन्द्रमा सोमबार साँझसम्म कर्मचारी र आवश्यक सामग्री पुर्‍याइएको हो।

 

Shikhar
NIMB

जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार मतदान केन्द्रमा पुगेर सोमबार नै अनुसूची ३, ४, ६ र ७ टाँस गरिएको छ। अनुसूची ३ मा मतदान केन्द्रको चार किल्ला निर्धारण, अनुसूची ४ मा मौन अवधिमा प्रचारप्रसार निषेध, अनुसूची ६ मा मदिरा सेवन निषेध र अनुसूची ७ मा हातहतियार निषेधसम्बन्धी सूचना उल्लेख गरिएको छ।

मङ्गलबारदेखि मतदान केन्द्र निर्माणलगायतका थप तयारीका काम अघि बढाइने जनाइएको छ। प्रत्येक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ६ जना कर्मचारी खटाइएको छ। जिल्लाका १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र गरी कुल १ हजार २ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा ९८९ जना निर्वाचन प्रहरी सोमबारदेखि नै परिचालन गरिएको छ। यस निर्वाचनमा धनकुटाका करिब १ लाख १८ हजार ४२५ मतदाताले प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान गर्नेछन्। जिल्लामा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी कुल १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया