Nepal Life

राष्ट्र बैंकका दुई डेपुटी गभर्नर आजबाट अवकाश, रास्वपाले नियुक्त गर्ने, को को छन् प्रत्यासी?

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 19:51
राष्ट्र बैंकका दुई डेपुटी गभर्नर आजबाट अवकाश, रास्वपाले नियुक्त गर्ने, को को छन् प्रत्यासी?
National Life

काठमाडौं। नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले आजदेखि अवकाश पाएका छन् । डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल पुरा गरी फागुन २४ गतेदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले आजदेखि अवकाश पाएका छन् । डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल पुरा गरी फागुन २४ गतेदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

नयाँ डेपुटी गभर्नर नियुक्तिका लागि राष्ट्र बैंकका बहालवाला १८ जना कार्यकारी निर्देशकहरू प्रतिस्पर्धामा छन् । राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर पदमा नियुक्त हुनका लागि कार्यकारी निर्देशक हुनुपर्ने व्यवस्था छ । राष्ट्र बैंकका गभर्नरले हाल कार्यरत १८ जना कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । गभर्नरले सिफारिस गरेका चार जनामध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान छ ।

कार्यकारी निर्देशकहरु

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया