NIMB Header 2
Nepal Life

इरानले आंशिक रूपमा हवाई क्षेत्र र एयरपोर्ट पुनः सञ्चालनमा ल्यायो

IME LIFE
  • BFIS News
  • 2026 Apr 18 17:43
इरानले आंशिक रूपमा हवाई क्षेत्र र एयरपोर्ट पुनः सञ्चालनमा ल्यायो
United Ajod

इरान, वैशाख ५ गते  इरानी नागरिक उड्डयन प्राधिकरण ले शनिबारदेखि देशको आंशिक हवाई क्षेत्र तथा केही एयरपोर्ट पुनः सञ्चालनमा ल्याइएको जनाएको छ। प्राधिकरणका अनुसार इरानको पूर्वी क्षेत्रको हवाई मार्ग, चयनित एयरपोर्ट र हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला गरिएको हो।

 

Nepal Life
NIMB

सैन्य र नागरिक निकायहरूले प्राविधिक तथा परिचालन तयारी पूरा गरेपछि उडान सेवा क्रमशः सामान्य अवस्थामा फर्काइँदै लगिने जनाइएको छ। उडान सञ्चालन विस्तारै नियमित बनाउने योजना रहेको प्राधिकरणले स्पष्ट पारेको छ।

गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायल ले संयुक्त आक्रमण गरेपछि इरान ले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो। अहिले सुरक्षा तथा प्राविधिक अवस्था मूल्याङ्कनपछि आंशिक रूपमा सेवा पुनः सुरु गरिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया