NIMB Header 2
Nepal Life

थापाथलीका सुकुमबासी बस्ती हटाउने तयारी, सुरक्षाकर्मीलाई निर्देशन

IME LIFE
  • BFIS News
  • 2026 Apr 23 08:18
थापाथलीका सुकुमबासी बस्ती हटाउने तयारी, सुरक्षाकर्मीलाई निर्देशन
United Ajod
Shikhar
Nepal Life
NIMB

प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

बुधबार प्रधानमन्त्रीले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गर्दै बस्ती व्यवस्थापनबारे योजना बनाउन निर्देशन दिएका हुन्। छलफलमा दानबहादुर कार्की र राजु अर्यालसहितका अधिकारी सहभागी थिए। स्रोतका अनुसार बस्ती हटाउने कार्य आगामी शनिबार र आइतबारभित्र सम्पन्न गर्ने तयारी भइरहेको छ।

यस कार्यका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय भइरहेको जनाइएको छ। प्रशासनिक र सुरक्षा तयारीलाई अन्तिम रूप दिन सम्बन्धित निकायहरूबीच छलफल जारी रहेको छ।

यसअघि काठमाडौँ महानगरपालिका का प्रमुख रहँदा पनि शाहले विभिन्न स्थानका अव्यवस्थित बस्ती हटाउने प्रयास गरेका थिए। तर, स्थानीयको विरोधका कारण ती प्रयास पूर्ण रूपमा सफल हुन सकेका थिएनन्।

सरकारले नदी किनारको अतिक्रमण नियन्त्रण, सहरी व्यवस्थापन सुधार तथा सम्भावित जोखिम न्यूनीकरणलाई ध्यानमा राख्दै उक्त कदम चालिएको जनाएको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया