NIMB Header 2
Nepal Life

जीवन बीमा व्यवसायमा ११.३१% वृद्धि, कुल १ खर्ब ४० अर्ब नाघ्दा नेपाल लाइफ सर्वाधिक अगाडी

IME LIFE
  • BFIS News
  • 2026 Apr 23 17:00
जीवन बीमा व्यवसायमा ११.३१% वृद्धि, कुल  १ खर्ब ४० अर्ब नाघ्दा नेपाल लाइफ सर्वाधिक अगाडी
United Ajod
Nepal Life
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुले जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बृद्धि गर्न सफल भएका छन्। 

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन एक खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ रहेको थियो।

कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् भने वृद्धिदरका हिसाबले आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ अगाडि देखिएका छन्।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ३६ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै ११.६४ प्रतिशतको वृद्धि हासिल गरेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ९.२० प्रतिशत वृद्धि गर्दै १७ अर्ब ७ करोड रुपैयाँ पुर्‍याएको छ भने एलआइसी नेपालले ८.०८ प्रतिशत वृद्धि सहित १५ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ।

यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय ५.३१ प्रतिशतले बढेर १३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। राष्ट्रिय जीवन बीमाले ११.७० प्रतिशत वृद्धि गर्दै ९ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ भने सूर्यज्योति लाइफले ११.६७ प्रतिशत वृद्धि सहित ८ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ।

एशियन लाइफ इन्स्योरेन्सले १२.११ प्रतिशत वृद्धि गर्दै ७ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको छ। सिटिजन्स लाइफले १९.२६ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ६ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफले ११.९२ प्रतिशत वृद्धि गर्दै ५ अर्ब ४२ करोड रुपैयाँ पुर्‍याएको छ। आइएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा उच्च ३१.२३ प्रतिशत वृद्धि दरका साथ ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको छ।

त्यसैगरी, समीक्षा अवधिमा मेट लाइफले १० प्रतिशत वृद्धि गर्दै ४ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ। रिलायबल नेपाल लाइफले २० प्रतिशत वृद्धि गर्दै ४ अर्ब ४४ करोड रुपैयाँ पुर्‍याएको छ। प्रभु महालक्ष्मी लाइफले १४ प्रतिशत वृद्धि गर्दै ४ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको छ भने सन नेपाल लाइफले २.८० प्रतिशत वृद्धि सहित ३ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया