NIMB Header 2
Nepal Life

आठबिसकोटमा जीप दुर्घटना : १३ घाइते, ३ जनाको अवस्था गम्भीर

NMB Bank
  • आयुस बस्नेत
  • 2026 Apr 28 21:00
आठबिसकोटमा जीप दुर्घटना : १३ घाइते, ३ जनाको अवस्था गम्भीर
United Ajod

 रुकुमपश्चिम — रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ सुन्दरपानी नजिक मंगलबार बेलुका यात्रुबाहक जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्, जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।

 

Shikhar
Nepal Life
NIMB

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार राडीबजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको ग २ च ५२१३ नम्बरको जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि आठबिसकोट नगर अस्पतालमा ल्याइएको छ। गम्भीर घाइतेहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार जीपमा १९ भन्दा बढी यात्रु सवार रहेका थिए। दुर्घटनापछि नेपाल प्रहरी र आठबिसकोट नगर प्रहरीको टोलीले उद्धार कार्य सम्पन्न गरेको छ भने अन्य घाइतेको विवरण संकलन भइरहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने थप विवरण आउने क्रममा रहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया