NIMB Header 2
Nepal Life

मातृभूमि लघुवित्तले ११ करोड ४९ लाख रुपैयाँको एफपिओ जारी गर्ने, सत प्रतिशत हकप्रदको घोषणा

IME LIFE
  • BFIS News
  • 2026 Jun 25 13:02
मातृभूमि लघुवित्तले ११ करोड ४९ लाख रुपैयाँको एफपिओ जारी गर्ने, सत प्रतिशत हकप्रदको घोषणा
United Ajod

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले ११ करोड ४९ लाख ९८ हजार २६० रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्ने निर्णय गरेको छ।

Nepal Life
NIMB

संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले शेयर संरचनालाई संस्थापक समूहतर्फ ७० प्रतिशत र सर्वसाधारण समूहतर्फ ३० प्रतिशत कायम गर्ने उद्देश्यसहित एफपिओ जारी गर्ने निर्णय गरेको हो।

मातृभूमि लघुवित्त साविक किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएर बनेको संस्था हो। मर्जर प्रक्रियाका क्रममा समावेश भएका संस्थामध्ये एक संस्थाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) जारी नगरेको अवस्थालाई सम्बोधन गर्न एफपिओ निष्काशनको प्रस्ताव अघि बढाइएको जनाइएको छ।

यसैबीच, संस्थाले एफपिओ जारी गरेपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत बराबर हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ।

साधारणसभाबाट प्रस्ताव पारित भएपछि संस्थाले एफपिओ निष्काशन प्रक्रिया अघि बढाउने तथा त्यसपश्चात हकप्रद शेयर जारी गर्ने जनाएको छ।

एफपिओ तथा हकप्रद शेयर निष्काशनपछि संस्थाको पूँजी आधार थप सुदृढ हुने तथा वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया