NIMB Header 2
Nepal Life

व्यक्तिगत घर कर्जामा ११.१८% वृद्धि, ११ महिनामा बैंकहरूले प्रवाह गरे ३ खर्ब ६३ अर्ब रुपैयाँ

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 12 16:34
व्यक्तिगत घर कर्जामा ११.१८% वृद्धि, ११ महिनामा बैंकहरूले प्रवाह गरे ३ खर्ब ६३ अर्ब रुपैयाँ
IME LIFE

काठमाडौं, असार २८ बैंक तथा वित्तीय संस्थाबाट घर बनाउन र खरिद गर्न लिइने व्यक्तिगत आवासीय कर्जा पुनः बढ्न थालेको छ। घट्दो ब्याजदर, पर्याप्त तरलता तथा बैंकहरूले ल्याएका आकर्षक कर्जा योजनाका कारण सर्वसाधारण घर निर्माण तथा खरिदतर्फ आकर्षित भएका हुन्।

 

Nepal Life
NIMB

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरूले व्यक्तिगत घर निर्माणका लागि ३ खर्ब ६३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको ३ खर्ब २६ अर्ब ७२ करोड ६० लाख रुपैयाँको तुलनामा ११.१८ प्रतिशत (३६ अर्ब ५२ करोड रुपैयाँ) ले बढी हो।

हाल बैंकहरूले ३ करोड रुपैयाँसम्म व्यक्तिगत आवासीय कर्जा उपलब्ध गराउँदै आएका छन्। निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि कम भएकाले घर कर्जाप्रति आकर्षण बढेको बैंकिङ क्षेत्रको भनाइ छ।

व्यक्तिगत घर कर्जा प्रवाहमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। बैंकले जेठ मसान्तसम्म ४७ अर्ब १५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.३५ प्रतिशत बढी हो।

दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले ३९ अर्ब १६ करोड ३१ लाख रुपैयाँ घर कर्जा प्रवाह गरेको छ। यद्यपि, यो रकम गत वर्षको तुलनामा १८.०२ प्रतिशत कम हो। राष्ट्रिय वाणिज्य बैंकले ३४ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ व्यक्तिगत घर कर्जा प्रवाह गरेको छ।

त्यस्तै, नबिल बैंक, एभरेष्ट बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, सानिमा बैंक, नेपाल बैंकसिटिजन्स बैंकले पनि अघिल्लो वर्षको तुलनामा व्यक्तिगत घर कर्जा वृद्धि गरेका छन्।

यस्तै, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंकनेपाल एसबीआई बैंकले पनि व्यक्तिगत आवासीय कर्जा प्रवाहलाई निरन्तरता दिएका छन्।

बैंकहरूले एकल अंकको ब्याजदर, स्थिर ब्याजदर योजना तथा निर्माण सम्पन्न नहुँदासम्म किस्ता तिर्नु नपर्ने सुविधाजस्ता योजना ल्याएकाले घर कर्जाप्रति नागरिकको आकर्षण बढ्दै गएको बैंकिङ क्षेत्रको विश्लेषण छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार