Nepal Life

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी भने महँगियो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 29 11:40
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी भने महँगियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

Nepal Life
NIMB

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिन तेजाबी सुनको मूल्य २ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको थियो।

उता, चाँदीको मूल्य भने विपरीत दिशामा अघि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ३ सय २० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया