NIMB Header 2
Prabhu Mahalaxmi

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी भने महँगियो

United Ajod
  • BFIS News
  • 2026 Jul 29 11:40
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी भने महँगियो
Sanima Reliance Life Insurance Company

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

Nepal Life
NIMB

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिन तेजाबी सुनको मूल्य २ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको थियो।

उता, चाँदीको मूल्य भने विपरीत दिशामा अघि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ३ सय २० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार