Nepal Life

एनएमबि बैंकले सेकेन्ड ह्यान्ड इभी गाडीलाई फाइनान्स गर्ने, सबै शाखाबाट सुविधा लिन सकिने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 30 17:37
एनएमबि बैंकले सेकेन्ड ह्यान्ड इभी गाडीलाई फाइनान्स गर्ने, सबै शाखाबाट सुविधा लिन सकिने

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ ।

Nepal Life
NIMB

सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखाहरू वा डिजिटल माध्यमहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नुहुनेछ । बैंकले ग्राहकहरूको जीवनलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न सधैं नयाँ र प्रभावकारी वित्तीय सुविधाहरू ल्याउँदै आएकोे छ ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया