NIMB Header 2
Nepal Life

युनाइटेड अजोडका सीईओ भट्टराईको राजीनामा स्वीकृत, व्यक्तिगत कारणले दिएको राजिनामालाई अफवाह फैलाइदै

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 04 10:38
युनाइटेड अजोडका सीईओ भट्टराईको राजीनामा स्वीकृत, व्यक्तिगत कारणले दिएको राजिनामालाई अफवाह फैलाइदै
United Ajod

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराईले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार भट्टराईको राजीनामा साउन १८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो।

Nepal Life
NIMB

कम्पनीका अनुसार साउन १८ गते बसेको सञ्चालक समितिको ८६औँ बैठकले भट्टराईको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

भट्टराईको राजीनामापछि सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा सीजी ग्रुपको हस्तक्षेप वा दबाबका कारण उनले पद छाडेको भन्ने चर्चा भए पनि त्यसको पुष्टि हुने कुनै आधिकारिक आधार देखिएको छैन। कम्पनी निकट स्रोतका अनुसार भट्टराईले व्यक्तिगत कारण देखाउँदै स्वेच्छाले राजीनामा दिएका हुन्।

स्रोतका अनुसार उनले आफ्नो व्यक्तिगत परिस्थितिका कारण प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीलाई निरन्तरता दिन उपयुक्त नहुने निष्कर्षमा पुगेर पदबाट अलग हुने निर्णय गरेका थिए। राजीनामा प्रक्रियामा कुनै पनि प्रकारको बाह्य हस्तक्षेप वा दबाब नरहेको स्रोतको दाबी छ।

युनाइटेड अजोड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको परिवर्तन तुलनात्मक रूपमा धेरै हुने गरेको पाइन्छ। यसपटक पनि भट्टराईले निकै छोटो समयमा राजिनामा दिदा यसले थप चर्चा पाएको हो। भट्टराईले आफुलाई सुरक्षित राख्न दिइएको राजिनामालाई सिजीको हस्तक्षेप भनिएको भन्दै स्रोतले यस प्रति चिन्ता व्यक्त गरेका छन्। 

अब कम्पनीको नेतृत्व निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा रेना रिजालले सम्हाल्नेछिन् भने नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म कम्पनीको दैनिक व्यवस्थापकीय जिम्मेवारी उनले नै निर्वाह गर्नेछिन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया