NIMB Header 2
Nepal Life

आइजीआई प्रुडेन्सियल र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच सम्झौता

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 20 15:04
आइजीआई प्रुडेन्सियल र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच सम्झौता
United Ajod

काठमाडौं, भदौ ४ गते । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र एकान्तकुनास्थित नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ।

 

Nepal Life
NIMB

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी तथा उच्च व्यवस्थापन समूह र नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रबिन लामिछाने, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्यहरूको उपस्थितिमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार संघमा आबद्ध सदस्य तथा व्यवसायीलाई सहज, गुणस्तरीय र भरपर्दो निर्जीवन बीमा सेवा उपलब्ध गराइनेछ।

संघमा आबद्ध देशभरका सदस्यको सम्पत्ति, सवारी साधन तथा संघ र सदस्यसम्बद्ध संस्थाबाट बिक्री–वितरण हुने सवारी साधनको बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गरिनेछ। बीमा गरिएका सवारी साधन दुर्घटनामा परी क्षति भएमा दाबी भुक्तानी प्रक्रिया सहज र सरल बनाउने सहमति भएको छ।

सम्झौता अवसरमा नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले संघ तथा संघमा आबद्ध ग्राहकलाई आइजीआई प्रुडेन्सियलबाट बीमालेख खरिद गरी सबै प्रकारका निर्जीवन बीमा सेवा लिन आग्रह गरे। उनले कम्पनीले उपलब्ध गराउने सेवामा ढुक्क हुनसमेत आग्रह गरे।

यस्तै, संघका अध्यक्ष लामिछानेले संघसँग आबद्ध सन्तुष्ट ग्राहकको संख्या क्रमशः बढ्दै गएको बताए। उनले आइजीआई प्रुडेन्सियलबाट लिइने बीमा सेवा छिटो–छरितो रूपमा प्राप्त भइरहेको उल्लेख गर्दै कम्पनीसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया