NIMB Header 2
Nepal Life

चाडपर्व लक्षित मक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जा योजना

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 20 22:03
चाडपर्व लक्षित मक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जा योजना
United Ajod

काठमाडौं, ४ भदौ। तीज, दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै मक्तिनाथ विकास बैंकले कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) व्यवसायका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ।

Nepal Life
NIMB

बैंकका अनुसार चाडपर्वको समयमा आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रका विभिन्न कर्जा शीर्षकमा आधार दर (बेस रेट) मा प्रकाशित प्रिमियम दर मात्र थप गरी कर्जा उपलब्ध गराइनेछ।

विशेष योजनाअन्तर्गत कृषि तथा एसएमई कर्जामा न्यूनतम ०.५० प्रतिशत प्रिमियम दरमा कर्जा लिन सकिने बैंकले जनाएको छ। त्यस्तै, कर्जा प्रवाह गर्दा लाग्ने कर्जा प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिनेछ।

बैंकले चाडपर्वका अवसरमा व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा कार्यशील पुँजी व्यवस्थापनलगायतका वित्तीय आवश्यकता पूरा गर्न यस योजनाले कृषि तथा साना तथा मझौला व्यवसायीलाई सहयोग पुग्ने अपेक्षा गरेको छ।

योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पुँजी तथा सम्बन्धित प्रयोजनका लागि आवश्यक कर्जा लिन सकिनेछ। अन्य बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जा ‘स्वाप’ गर्नसमेत यो सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

विशेष कर्जा योजना सीमित अवधिका लागि मात्र लागू हुने बताइएको छ। बैंकका अनुसार उक्त कर्जा सुविधा देशभर रहेका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ।

कर्जासम्बन्धी थप जानकारीका लागि ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी सम्बन्धित कर्जा उत्पादन, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तबारे जानकारी लिन सक्ने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया