NIMB Header 2
Nepal Life

रसुवा बाढीपीडितका लागि कुमारी बैंकले दियो ३ करोड, बैंकहरुको तर्फबाट पहिलो सहयोग

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 27 13:27
रसुवा बाढीपीडितका लागि कुमारी बैंकले दियो ३ करोड, बैंकहरुको तर्फबाट पहिलो सहयोग
United Ajod

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार, खोज, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग जुट्न थालेको छ।

Nepal Life
NIMB

बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सहयोग संकलन भइरहेको छ। यही क्रममा कुमारी बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ३ करोड रुपैयाँ नगद सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनर्स्थापनाको आवश्यकता बढेको छ। बाढीका कारण पूर्वाधार, व्यापारिक संरचना तथा स्थानीय बस्तीमा समेत क्षति पुगेकाले विपद्पछिको पुनर्निर्माण र प्रभावितलाई राहत उपलब्ध गराउन सरकारी तथा निजी क्षेत्रबाट सहयोग जुट्न थालेको हो।

कुमारी बैंकको ३ करोड रुपैयाँ सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रबाट प्राप्त हुने नगद सहयोगको क्रम थप बलियो बनेको छ। सरकारले बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा पुनर्स्थापनाका लागि प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्ने जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया