एनएमबी बैंकको ७ प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीले १ अर्ब ३४ करोड रुपैयाँ पाउने
- BFIS News
- 2026 Oct 08 11:14
काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको असोज २१ गते बसेको ५१७औँ सञ्चालक समिति बैठकले चुक्ता पुँजीको आधारमा ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा करसमेत समावेश छ।
हाल बैंकको चुक्ता पुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ। सोही चुक्ता पुँजीको ७ प्रतिशतका दरले १ अर्ब ३४ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, बैंकले प्रिफरेन्स शेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रिफरेन्स शेयरतर्फ प्रस्तावित लाभांश रकम १२ करोड २० लाख रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। नियामकीय स्वीकृति र साधारणसभाबाट अनुमोदन भएपछि मात्रै लाभांश वितरण हुनेछ।
बिहीबार लेख्दासम्म एनएमबी बैंकको अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता २५५ रुपैयाँ २० पैसा रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)







.jpg)


प्रतिक्रिया