नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार २०० रुपैयाँ सस्तियो
- BFIS News
- 2026 Oct 30 11:41
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ। उपलब्ध अन्तर्राष्ट्रिय बजारको विवरणअनुसार सुन प्रतिऔंस ३ हजार ९९९.५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यो अघिल्लो मूल्यको तुलनामा १९.८० डलर अर्थात् ०.४९ प्रतिशतले कम हो।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ५१.३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यसको मूल्य ०.९७ डलर अर्थात् १.८६ प्रतिशतले घटेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)









प्रतिक्रिया