सेबोनबाट नबिल ग्रोथ फण्डलाई स्वीकृति, १० करोड इकाइ निष्कासन गर्ने
- BFIS News
- 2026 Oct 30 18:46
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सामूहिक लगानी कोष योजना ‘नबिल ग्रोथ फण्ड’ सञ्चालनका लागि स्वीकृति दिएको छ।
बोर्डले कात्तिक ११ गते १ अर्ब रुपैयाँ आकारको उक्त योजनालाई स्वीकृति दिएको हो। बन्दमुखी प्रकृतिको यस योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन गरिनेछ।
नबिल बैंक लिमिटेड योजना प्रवर्द्धक रहेको यस फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। योजनाको कुल आकार १ अर्ब रुपैयाँ हुनेछ।
हाल नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बजारमा एउटा बन्दमुखी सामूहिक लगानी कोष योजना व्यवस्थापन गरिरहेको छ। नबिल ग्रोथ फण्ड सञ्चालनमा आएपछि कम्पनीले व्यवस्थापन गर्ने बन्दमुखी योजनाको सङ्ख्या थपिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)




.jpg)





प्रतिक्रिया