पहिलो तीन महिनाको नाफाबाट बैंकहरुले कर्मचारी बोनसका लागि छुट्याए ३ अर्ब १५ करोड, नबिल बैंक सबैभन्दा अगाडि
- BFIS News
- 2026 Nov 21 11:59
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमाशिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय संस्थाले कर्मचारीका लागि ३ अर्ब १५ करोड रुपैयाँ बोनस छुट्ट्याएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्मचारी बोनसका लागि सबैभन्दा धेरै रकम छुट्याउनेमा नबिल बैंक रहेको छ।नबिल बैंकले कर्मचारी बोनसका लागि ४० करोड ८० लाख ५० हजार रुपैयाँ छुट्याएको छ। बोनसका लागि ४० करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गर्ने नबिल एकमात्र बैंक हो।
बोनस रकम छुट्याउनेमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ छुट्याएको छ। त्यस्तै, एभरेष्ट बैंकले १९ करोड ८३ लाख ३० हजार रुपैयाँ छुट्याउँदै तेस्रो स्थान हासिल गरेको छ।
शीर्ष पाँचभित्र प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) पनि परेका छन्। प्राइमले १८ करोड ८४ लाख ९० हजार रुपैयाँ र एनआईएमबीले १८ करोड ७५ लाख ३० हजार रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन्।
त्यसैगरी, एनएमबी बैंकले १८ करोड ४८ लाख १० हजार रुपैयाँ, कुमारी बैंकले १७ करोड ५ लाख ७० हजार रुपैयाँ, सानिमा बैंकले १६ करोड ५६ लाख १० हजार रुपैयाँ, सिद्धार्थ बैंकले १३ करोड ७६ लाख ५० हजार रुपैयाँ र प्रभु बैंकले १२ करोड ८६ लाख ६० हजार रुपैयाँ बोनसका लागि छुट्याएका छन्। यी बैंक शीर्ष १० भित्र परेका छन्।

अन्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले १२ करोड ४० लाख ३० हजार रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ११ करोड ९३ लाख ४० हजार रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन्। लक्ष्मी सनराइज बैंकले १० करोड ५३ लाख ३० हजार रुपैयाँ र हिमालयन बैंकले १० करोड ३५ लाख ४० हजार रुपैयाँ विनियोजन गरेका छन्।
मध्यम आकारका बैंक तथा वित्तीय संस्थातर्फ नेपाल एसबीआई बैंकले ८ करोड ७६ लाख ५० हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले ८ करोड ७४ लाख ८० हजार रुपैयाँ, नेपाल बैंकले ५ करोड २४ लाख ७० हजार रुपैयाँ, मुक्तिनाथ विकास बैंकले ५ करोड १५ लाख ३० हजार रुपैयाँ र लुम्बिनी विकास बैंकले ४ करोड ८० लाख ९० हजार रुपैयाँ बोनसका लागि छुट्याएका छन्।
यस्तै, एनआईसी एशिया बैंकले २ करोड २ लाख ३० हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकले १ करोड ८८ लाख रुपैयाँ र सिटिजन बैंकले १ करोड ७२ लाख ८० हजार रुपैयाँ छुट्याएका छन्।
विकास बैंक तथा फाइनान्स कम्पनीमध्ये शाङ्ग्रिला डेभलपमेन्ट बैंकले ५३ लाख १० हजार रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ४९ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सले ३७ लाख ९० हजार रुपैयाँ, सेन्ट्रल फाइनान्सले ३३ लाख २० हजार रुपैयाँ र श्री फाइनान्सले ३१ लाख २० हजार रुपैयाँ बोनसका लागि छुट्याएका छन्।
सूचीको सबैभन्दा कम रकम छुट्याउनेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ। बैंकले ६ लाख ९० हजार रुपैयाँ मात्र बोनसका लागि छुट्याएको छ। त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंकले ७ लाख ८० हजार रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकले ८ लाख ४० हजार रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकले ९ लाख ७० हजार रुपैयाँ छुट्याएका छन्।
बोनसका लागि छुट्याइएको रकममा बैंक तथा वित्तीय संस्थाबीच ठूलो अन्तर देखिएको छ। वाणिज्य बैंकहरूको तुलनामा साना विकास बैंक तथा फाइनान्स कम्पनीहरूको बोनस रकम निकै कम छ। यस्तो अन्तर संस्थाको व्यवसायको आकार, नाफा र कर्मचारी संख्यालगायतका पक्षसँग सम्बन्धित हुन्छ।
बैंक तथा वित्तीय संस्थाले सामान्यतया आफ्नो खुद नाफाको निश्चित हिस्सा कर्मचारी बोनसका लागि छुट्याउने गर्छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकले ठूला वाणिज्य बैंकहरूको बोनस छुट्याउने क्षमता अन्य वित्तीय संस्थाको तुलनामा बढी रहेको देखाएको छ।
नोट : रकम नेपाल राष्ट्र बैंकको तथ्यांकमा आधारित छ। मूल तथ्यांकमा रकम मिलियन रुपैयाँमा उल्लेख गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)
.jpg)








प्रतिक्रिया