शेयर बजारमा बैंक वित्तीय संस्थाको कर्जा प्रवाह १ खर्ब ७१ अर्ब, नबिल बैंक सबैभन्दा अगाडि
- BFIS News
- 2026 Nov 21 12:20
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म १ खर्ब ७१ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्जिन कर्जा प्रवाहमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ।
नबिल बैंकले पहिलो त्रैमाससम्म १८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको छ। यससँगै ग्लोबल आइएमई बैंक १६ अर्ब २८ करोड ९३ लाख रुपैयाँसहित दोस्रो र कुमारी बैंक १२ अर्ब ३७ करोड ४९ लाख रुपैयाँसहित तेस्रो स्थानमा छन्।
त्यस्तै, प्राइम कमर्सियल बैंकले १० अर्ब ६९ करोड ८५ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ९ अर्ब ७९ करोड १० लाख रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेका छन्। यी बैंक क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन्।
मार्जिन कर्जा प्रवाह गर्ने प्रमुख बैंकमध्ये लक्ष्मी सनराइज बैंकले ९ अर्ब ४८ करोड ११ लाख रुपैयाँ, कृषि विकास बैंकले ९ अर्ब ९ करोड ५४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ८ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। त्यस्तै, एनएमबी बैंकको यस्तो कर्जा ६ अर्ब ९५ करोड २३ लाख र नेपाल बैंकको ६ अर्ब ६९ करोड ८० लाख रुपैयाँ रहेको छ। यी बैंक शीर्ष १० भित्र परेका छन्।
अन्य वाणिज्य बैंकमध्ये सिटिजन्स बैंक इन्टरनेसनलले ५ अर्ब ८४ करोड ९० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ५ अर्ब ४३ करोड ७७ लाख रुपैयाँ र प्रभु बैंकले ५ अर्ब ३५ करोड ११ लाख रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेका छन्।
त्यसैगरी, सानिमा बैंकको ४ अर्ब ९९ करोड ६९ लाख रुपैयाँ, एभरेष्ट बैंकको ४ अर्ब ८६ करोड ३३ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ६२ करोड २३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ४ अर्ब २९ करोड ३ लाख रुपैयाँ यस्तो कर्जा रहेको छ। हिमालयन बैंकले ४ अर्ब १५ करोड ८ लाख रुपैयाँ मार्जिन कर्जा प्रवाह गर्दा मुक्तिनाथ विकास बैंकको ३ अर्ब ९४ करोड ८९ लाख र गरिमा विकास बैंकको २ अर्ब ६८ करोड ६९ लाख रुपैयाँ रहेको छ।
विकास बैंक तथा वित्त कम्पनीमध्ये पनि मार्जिन कर्जाको उल्लेख्य हिस्सा देखिएको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २ अर्ब ४० करोड ४४ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले २ अर्ब ३४ करोड २४ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकले २ अर्ब १३ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
कामना सेवा विकास बैंकको यस्तो कर्जा १ अर्ब ८६ करोड ६६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको १ अर्ब ६० करोड २२ लाख रुपैयाँ र ज्योति विकास बैंकको १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। मञ्जुश्री फाइनान्सले भने ५२ करोड ५० लाख रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेको छ।
अन्य वित्तीय संस्थामध्ये एनएसबीआईको ५० करोड २९ लाख रुपैयाँ, श्री फाइनान्सको ४६ करोड ४४ लाख रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकको ४० करोड ७९ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको ३९ करोड १० लाख रुपैयाँ यस्तो कर्जा रहेको छ। जीएमबीएफएलले ३६ करोड ७५ लाख रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेको छ।
रिलायन्स फाइनान्सको ३२ करोड ११ लाख रुपैयाँ, गुर्खाज फाइनान्सको ३१ करोड १३ लाख रुपैयाँ, नेपाल फाइनान्सको २८ करोड ७६ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको २६ करोड ९३ लाख रुपैयाँ र सेन्ट्रल फाइनान्सको २६ करोड ९ लाख रुपैयाँ मार्जिन कर्जा रहेको छ।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकले २० करोड ९९ लाख रुपैयाँ, गुडविल फाइनान्सले १८ करोड १७ लाख रुपैयाँ, पोखरा फाइनान्सले १४ करोड ४७ लाख रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सले १३ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। बेष्ट फाइनान्सको १३ करोड ६३ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करोड १६ लाख रुपैयाँ र सिन्धु विकास बैंकको ७ करोड ७१ लाख रुपैयाँ यस्तो कर्जा रहेको छ।
तथ्यांकअनुसार एनएसएमएलको मार्जिन कर्जा २ करोड ६१ लाख रुपैयाँ रहेको छ। सबैभन्दा कम मल्टी फाइनान्सले १ करोड ४ लाख रुपैयाँ मात्रै यस्तो कर्जा प्रवाह गरेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पहिलो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाको कुल मार्जिन प्रकृतिको कर्जा १ खर्ब ७१ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ पुगेको छ। यसमा वाणिज्य बैंकहरूको हिस्सा प्रमुख रहेको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)
.jpg)








प्रतिक्रिया