Nepal Life

नेपाल राष्ट्र बैंकले रू. १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Thu 07:17
नेपाल राष्ट्र बैंकले रू. १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले रू.१० अर्ब बराबरको विकास ऋणपत्र २०८६ ‘च’ जारी गर्ने भएको छ । राष्ट्र बैंकले यही असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो ऋणपत्र भोलि असार २१ गते बोलकबोल मार्फत बिक्री गरिने जनाइएको छ ।
 

NIMB

ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८६ असार २२ गते परिपक्व हुनेछ । साथै यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।

बोलकबोलमा इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात रु. ८.५ अर्ब र रु. १.५ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । 

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया