एनआइएमबीले लाभांश नदिने, बोलायो साधारणसभा
- BFIS News
- 2024 Feb 29 07:57
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औं वार्षिक साधारण सभा बोलाएको छ। फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत २० गते साधारणसभा बोलाएको हो।
सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै एनआईबीएल एस क्यापिटल र एनआइएबीएल स्टक मार्केट्सको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै सञ्चालकसमितीको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ।
सेयरधनीहरुको हात भने यसपटक खाली हुने भएको छ। बैंकले लाभांश प्रस्ताव राखेको छैन।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया