नेशनल लाइफका जयराम धिताल र घनश्याम रिमाल प्रदेश प्रमुखमा बढुवा, दुबै जनालाई बागमतीको जिम्मेवारी
- BFIS News
- 2024 Mar Fri 15:05

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले दुई शाखा प्रमुख जयराम धिताल र घनश्याम रिमाललाई प्रमुख प्रमुखमा नियुक्त गरेको छ । दुबै जना शाखा प्रमुखमा कार्यरत थिए ।
कम्पनीले दुबै जनालाई संयुक्त रुपमा बागमती प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो । रिमाल नेशनल लाइफमा २०५८ सालदेखि कार्यरत छन् । यस अवधिमा उनले ११ वर्ष अभिकर्ता भएर र बाँकी अवधि कर्मचारी भएर विताए । उनि २०६८ भदौ एक गते कम्पनीको सहायक विकास अधिकृतको रुपमा प्रवेश गरेका थिए ।
नेशनल लाइफले गएका वर्षमा उच्च पदमा अन्य कम्पनीबाट ल्याउने गरेकोमा केहि समयदेखि कम्पनी भित्रै सक्सेर उत्पादन गरिरहेको छ । यसरी नेशनल लाइफमै लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई नै कम्पनीले बढुवा गर्नुका साथै विभिन्न पदमा जिम्मेवारी दिन थालेको हो ।
प्रतिक्रिया