Nepal Life

अभिकर्ता हुँदै नेशनल लाइफको प्रदेश प्रमुखको जिम्मेवारीमा घनश्याम रिमाल, काममा सधै उत्कृष्ट

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 15:13
अभिकर्ता हुँदै नेशनल लाइफको प्रदेश प्रमुखको जिम्मेवारीमा घनश्याम रिमाल, काममा सधै उत्कृष्ट
Sanima Reliance

काठमाडौं । जीवन बीमा क्षेत्रमा अभिकर्ता हुँदै सामान्य कर्मचारीको रुपमा नेशनल लाइफ प्रवेश गरेका घनश्याम रिमाल कम्पनीको बागमती प्रदेश प्रमुख भएका छन् । जीवन बीमा क्षेत्रलाई असाध्यै स्नेह गर्ने रिमाल २०५८ सालमा बीमा अभिकर्ता भएर नेशनल लाइफ प्रवेश गरेका थिए ।

NIMB

स्थायी घर धादिङ भए पनि उनको अध्ययन ललितपुर जिल्लामा भयो । हाल उनि चन्द्रागिरी नगरपालिकामा बस्दै आइरहेका छन् ।उनले नेशनल लाइफमै ११ वर्ष अभिकर्ता भएर काम गरे । अभिकर्ता भएर काम गर्दा गर्दै उनले २०६८ भदौ एक गते नेशनल लाइफमै सहायक विकास अधिकृतको रुपमा जागिरे जीवन सुरु गरे ।

व्यवस्थापन संकायबाट मार्केटिङ विषयमा स्नातकोत्तर गरेका रिमालले आफ्नो भविष्य पनि जीवन बीमा क्षेत्रमै देखे । यसरी सबैभन्दा तल्लो तहबाट जागिरे जीवन सुरु गरेका रिमालले उत्कृष्ट काम गर्दै शाखा प्रमुखको जिम्मेवारी सम्हाले । यस क्रममा उनि काठमाडौं ललितपुरको शाखा प्रमुखमा लामो समय काम गरे । उनले पछिल्लो तीन वर्षदेखि ललितपुर शाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए । ललितपुर शाखा हरेक वर्ष उत्कृष्ट व्यवसाय गर्दै दोस्रो नम्बरमा पर्दै आइरहेको छ ।

यसरी सानो पदबाट सुरु भएको उनको जागिरे जीवन करिव १२ वर्षको अवधिमा प्रदेश प्रमुखसम्म आइपुगेको छ । उनि आफै अभिकर्ता भएर एक दशक भन्दा लामो समय काम गरेकाले पनि उनि अभिकर्तालाई विशेष प्राथमिकता दिने गर्छन् । यहि कारणले गर्दा उनि सँग अभिकर्ताहरु काम गर्न रुचाउछन् ।

अभिकर्ता भएर काम गर्न कति गाह्रो छ उनि आफै अनुभव गर्छन् । अभिकर्ता पेशामा काम गर्न जति गाह्रो छ पैसा कमाउने सम्भावना पनि त्यति नै धेरै रहेको उनि बताउछन् । शाखा प्रमुख भएर यि सबै कुरालाई व्यवस्थापन गर्नु पनि त्यति साह्रो सहज छैन । कम्पनीले दिएका टार्गेट पुरा गर्नेदेखि लिएर अभिकर्ताहरुलाई सहजिकरण गरिदिएर व्यवसाय भित्र्याउनु पर्ने हुन्छ । यसरी २२ वर्षको अवधिमा उनि जीवन बीमा क्षेत्र अझ नेशनल लाइफमा सफल बनेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया