NIMB Header 2
Nepal Life

नेपाल टेलिकमले लागू गर्‍यो अन्तरआवद्धता शुल्क

Citizen Life
  • बिएफआईएस न्युज
  • 2022 Feb 01 19:48
नेपाल टेलिकमले लागू गर्‍यो अन्तरआवद्धता शुल्क
National Life

काठमाडौं। नेपाल टेलिकमले अर्को दूरसंचार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकहरुलाई फोन तथा एसएमएस गर्दा नेपाल दूरसंचार प्राधिकरणले लागू गरेको अन्तरआबद्धता शुल्क माघ १८ देखि कार्यान्वयनमा ल्याएको छ। यससँगै अब उपभोक्ताको टेलिफोन र म्यासेजमा हुँदै आएको खर्च घटेको छ।

NIMB

टेलिकमका ग्राहकहरुले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू हुने महशुलदर स्वीकृतिका लागि प्राधिकरणमा पठाएको थियो। प्राधिकरणको २०७८ माघ १६ र १८ गतेको बैठकले स्वीकृत गरेसँगै परिमार्जित महशुल दर माघ १८ बाट कार्यान्वयनमा ल्याएको टेलिकमले जनाएको छ।  टेलिकमको ल्याण्डलाइन फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र कायम भएको छ। 

यसैगरी, टेलिकमको जीएसएम, सीडीएमए र पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ आठ पैसा तय भएको टेलिकमले जनाएको छ।  यस्तै, कम्पनीको जीएसएम, सीडीएमए र प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम गरिएको टेलिकमले जनाएको छ। 

कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश (मेसेज) पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम भएको बताइएको छ। टेलिकमले यी महशुल दरहरुमा कर समावेश नभएको जनाएको छ। प्राधिकरणले माघ १ गतेदेखि अन्तरआबद्धता शुल्क लागू गरेको थियो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया