NIMB Header 2
Nepal Life

शाखारहित बैंकिङ सेवालाई व्यवस्थित बनाउँदै राष्ट्र बैंक

NMB Bank
  • बिएफआईएस न्युज
  • 2022 Feb 04 18:03
शाखारहित बैंकिङ सेवालाई व्यवस्थित बनाउँदै राष्ट्र बैंक
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले संस्था स्वयंम वा संस्थाद्वारा नियुक्त ब्यवसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) मार्फत समेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । 

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै शाखारहित बैंकिङ सेवालाई व्यवस्थित गर्न खोजेको छ। बैंक तथा वित्तीय संस्थाले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनु पर्ने छ।

आफ्नो संस्थामा खाता भएका ग्राहकलाई संस्था आफै वा संस्थाद्वार नुक्त एजेण्टको सहायताले ‘पोइन्ट अफ ट्रान्जेक्सन’ मेसिनको माध्यमबाट कार्ड प्रयोग गरी महानगर/उपमहानगरपालिकाबाहेकका क्षेत्रमा शाखारहित बैंकिङ सेवा प्रदान गर्न सक्ने छन्।

उनीहरुबाट खातामा नगद जम्मा गर्ने, भुक्तानी गर्ने र रकमान्तर गर्ने सेवा उपलब्ध हुने छ। बैंक स्टेटमेनंट लिन पाउने छन् भने स्वीकृत कर्जाको भुक्तानी पनि त्यहाँबाट हुने छ। शाखारहित बैंकिङ सेवा बन्द गर्नु परे राष्ट्र बैंकको स्वीकृति अनिवार्य गरिएको छ।

http://bfisnews.com/images/Circular_03_78-79_1643977337.pdf

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया