Nepal Life

मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Nov 07 09:44
मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Nepal Life
NIMB

प्रकाशित विवरण अनुसार, बैंकले सो अवधिसम्ममा १ अर्ब २२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।

बैंकको सो अवधिसम्मको वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा रहेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन २०.२४ प्रतिशतले घटेको हो।

खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि ‘इम्पेरमेन्ट चार्ज’ बढेकाले बैंकको नाफा घटेको हो। समीक्षाअवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशतले वृद्धि भए पनि सञ्चालन मुनाफा २०.३७ प्रतिशतले घटेको छ।

बैंकको इम्पेरमेन्ट चार्ज गत वर्षको ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ, जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुवै घटेका हुन्।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षाअवधिमा बैंकको ईपीएस २ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३४.१३ गुणा रहेको छ।

७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया