Nepal Life

डिप्रोक्स लघुवित्तको लुम्बिनी प्रदेशद्वारा रणनीति कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न, दिगो विकासमा जोड

NMB Bank
  • BFIS News
  • 2026 Jan 31 19:36
डिप्रोक्स लघुवित्तको लुम्बिनी प्रदेशद्वारा  रणनीति कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न, दिगो विकासमा जोड
National Life

काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, लुम्बिनी प्रदेशद्वारा आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारण गरिएका नीति, कार्यक्रम तथा रणनीतिहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले रणनीति कार्यान्वयन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मिति २०८२/१०/१७ गते आयोजित उक्त गोष्ठी संस्थागत लक्ष्यलाई व्यवहारमा उतार्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा परिणाममुखी बनाउने उद्देश्यले आयोजना गरिएको हो।

Shikhar
NIMB

कार्यक्रमका प्रमुख अतिथिका रूपमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, मुख्य कार्यालयका DCO पुष्प अधिकारी तथा AGM हेमकुमार काफ्ले सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा लुम्बिनी प्रदेश प्रमुख अर्जुन पोखरेलको उपस्थिति रहेको थियो। साथै, संस्थाका अनुगमन अधिकृत धर्मेन्द्र चौधरी तथा लुम्बिनी प्रदेशअन्तर्गत रहेका २० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यशाला गोष्ठीमा आर्थिक वर्ष २०८२/०८३ का लागि संस्थाले निर्धारण गरेका वार्षिक लक्ष्य, रणनीतिक प्राथमिकता, कार्यक्रम कार्यान्वयनको ढाँचा तथा शाखा तहमा देखिन सक्ने चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। वक्ताहरूले रणनीतिलाई कागजमै सीमित नराखी शाखा तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना, जिम्मेवारी निर्धारण र समयसीमा तोक्नु अपरिहार्य रहेको धारणा व्यक्त गरे।

प्रमुख अतिथिहरूले संस्थाको दिगो विकासका लागि सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुका साथै, शाखा प्रबन्धकहरूलाई नेतृत्वदायी भूमिकामा रहेर संस्थाको नीति तथा रणनीतिलाई व्यवहारमा उतार्दै सदस्यसँगको सम्बन्ध सुदृढ गर्न, कर्जा अनुशासन कायम राख्न तथा संस्थाको साख अभिवृद्धि गर्न आग्रह गरेका थिए।

कार्यक्रममा शाखा प्रबन्धकहरूले आफ्ना कार्यक्षेत्रमा रणनीति कार्यान्वयनका क्रममा भोगिएका अनुभव, समस्या तथा सुझावहरू प्रस्तुत गरेका थिए। अनुभव आदान प्रदानबाट आगामी दिनमा रणनीति कार्यान्वयनलाई अझ प्रभावकारी र व्यवहारिक बनाउने निष्कर्ष निकालिएको आयोजकले जनाएको छ।

कार्यशाला गोष्ठीले संस्थाभित्र रणनीति कार्यान्वयनप्रति साझा समझ, समन्वय र प्रतिबद्धता वृद्धि गर्नुका साथै शाखा तहमा एकरूपता कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ। यस किसिमका कार्यक्रममार्फत लुम्बिनी प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ का निर्धारित लक्ष्यहरू हासिल गर्न उल्लेखनीय सहयोग पुग्ने विश्वास लिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया