NIMB Header 2
Nepal Life

रुकुम पश्चिममा चुनावी मैदानमा राजु केसी: व्यवसायदेखि आन्दोलन र स्थानीय अभियानसम्मको यात्रा

National Life
  • BFIS News
  • 2026 Feb 04 21:54
रुकुम पश्चिममा चुनावी मैदानमा राजु केसी: व्यवसायदेखि आन्दोलन र स्थानीय अभियानसम्मको यात्रा
Sanima Reliance

काठमाडौं। फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा रुकुम पश्चिममा चुनावी गतिविधि तीव्र बनेको छ। यस पटक नेपाली कांग्रेसका उम्मेदवार राजु केसी घरदैलो अभियानका साथ गाउँ–गाउँमा सक्रिय देखिएका छन्। विभिन्न पालिकामा मतदाता भेटघाट, समूहसँग अन्तरक्रिया र स्थानीय एजेन्डा प्रस्तुत गर्दै केसीले आफ्नो चुनावी अभियानलाई विस्तार गरिरहेका छन्। राजनीतिक पृष्ठभूमि, व्यवसायिक अनुभव र सामाजिक कामले उनि यस क्षेत्रका बलिया प्रतिस्पर्धी हुन्। उनि ह्यावी वेटका पुर्व मन्त्री जनार्दन शर्मा सँग प्रतिस्पर्धामा उत्रिएका छन्।

Shikhar
NIMB

राजु केसीले चुनावी अभियानका क्रममा मुसिकोट, त्रिवेणी, चौरजहारी, बाँफिकोट र आठबीसकोटलगायत क्षेत्रमा आफ्नो पक्ष बलियो रहेको दाबी गरेका छन्। सार्वजनिक भेटघाटमा उनले अहिलेसम्मको स्थानीय प्रतिक्रिया र आफ्नो टोलीको आन्तरिक मूल्याङ्कनका आधारमा आफू अग्रस्थानमा रहेको बताएका छन्। उनका अनुसार सानीभेरी क्षेत्रमा प्रतिस्पर्धा केही कडा देखिएको छ, तर समग्रमा मत परिणाम आफ्नो पक्षमा आउने विश्वास उनले व्यक्त गरेका छन्।

केसीले करिब ३५ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुने आकलन गर्दै आफ्नो पक्षमा २३ हजारभन्दा बढी मत आउने अनुमान गरेका छन्। उनले जिल्लामा कुल मत खस्ने दर ५८ देखि ६० प्रतिशतको बीचमा रहने प्रक्षेपण पनि गरेका छन्। चुनावी प्रचारका क्रममा उनले विपक्षीमाथि व्यक्तिगत टिप्पणी नगर्ने र आफ्ना योजना तथा कार्यक्रममै केन्द्रित रहने बताएका छन्।

उनको चुनावी एजेन्डामा युवा रोजगारी, शिक्षा, स्वास्थ्य, र ज्येष्ठ नागरिकको जीवन सहज बनाउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ। रुकुमलाई आत्मनिर्भर बनाउने, युवालाई जिल्लामै अवसर सिर्जना गर्ने र सामाजिक सेवामा पहुँच बढाउने विषयलाई उनले मुख्य प्रतिबद्धताका रूपमा प्रस्तुत गरेका छन्।

हालै बाँफिकोट गाउँपालिकाका विभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा केसीले मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। बाँफिकोट–५ स्यार्पुमा उनलाई स्थानीय लालीगुराँस महिला समूहले बाजागाजासहित स्वागत गरेको थियो। चुनावी अभियानमा स्थानीय समूह र शुभेच्छुकको सहभागिता बढ्दै गएको उनका सहयोगीहरू बताउँछन्।

रुकुम पश्चिममा यस पटक १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्मा आँखा चुनाव चिह्नसहित मैदानमा छन्। उनी अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट भारी मतसहित विजयी भएका थिए। पछि पार्टी विभाजनपछि उनले नयाँ दल गठन गरेका हुन्। यस पटक एमालेसँग उनको तालमेल भएको छ र एमालेका उम्मेदवार नन्दराम देवकोटाले शर्मालाई समर्थन गर्ने सहमति भएको जनाइएको छ। नेकपाबाट गोपाल शर्मासहित अन्य दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।

अघिल्लो निर्वाचनको मत परिणाम हेर्दा जनार्दन शर्माले ३९ हजार ५४९ मत प्राप्त गरेका थिए भने एमाले उम्मेदवार देवकोटाले १२ हजार ९६९ मत ल्याएका थिए। समानुपातिकतर्फ एमालेले ८ हजार ७६९ र कांग्रेसले ८ हजार ७६६ मत पाएका थिए। यस पटक कांग्रेसबाट प्रत्यक्षमा उम्मेदवार खडा गरिएकाले मत समीकरणमा परिवर्तन आउने विश्लेषण गरिएको छ।

राजु केसीको जन्म २०३८ फागुन ८ गते भएको हो। उनी २०५८/५९ सालदेखि होटल व्यवसायमार्फत उद्यमशील क्षेत्रमा सक्रिय छन्। काठमाडौंको सुन्धारामा राप्ती भेरी गेष्ट हाउस र शुभकामना गेष्ट हाउस सञ्चालन, हाउजिङ, सहकारी र यातायात व्यवसायमा उनको संलग्नता रहेको छ। राप्ती–रुकुम तथा सल्यान–रुकुम यातायात सेवा दर्ता र सञ्चालनमा उनले भूमिका खेलेका छन्। सहकारी संस्थाको स्थापना र व्यवस्थापनमा पनि उनी जोडिएका छन्।

काठमाडौंमा अध्ययनका क्रममा नै व्यवसाय सुरु गरेका केसी सानै उमेरदेखि नेपाली कांग्रेसको राजनीतिक धारसँग नजिक रहेका छन्। २०५८ सालमा पार्टीको क्रियाशील सदस्य बनेका उनी २०६२/०६३ को जनआन्दोलनका क्रममा पटक–पटक पक्राउ परेर हिरासतमा बसेको थिए।

सामाजिक क्षेत्रमा पनि केसी विभिन्न सहयोगात्मक गतिविधिमा संलग्न रहेकोका छन्। विपद्, स्वास्थ्य उपचार, शैक्षिक सामग्री वितरण तथा जिल्लाबाट बाहिर रहेका नागरिकलाई सहजीकरण गर्ने काममा उनले सहयोग गर्दै आएका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा रुकुम पश्चिममा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। स्थानीय विकास, रोजगारी र सेवा पहुँचका मुद्दा मतदातामाझ प्रमुख बहसका विषय बनेका छन्। राजु केसीसहितका उम्मेदवारहरू यिनै एजेन्डा लिएर मत माग्दै गाउँ–गाउँ पुगिरहेका छन्। यस पटक नेपाली कांग्रेसको जनलहर देशव्यापी छ। अधिकाम्स निर्वाचन क्षेत्रमा युवाको प्रतिनिधित्व गराउन सफल नेपाली कांग्रेसले आफुलाई मात्रै बदलेको छैन मुलुकलाई पनि बदल्ने प्रण गरेको छ। यहि यात्रामा राजु केसी जस्ता युवा जनप्रतिनिधिहरुले देश र जनताको भविष्य कोर्दै छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार