स्याङ्जाको वालिङमा विवादपछि स्थगित मतदान पुनः सुरु
- BFIS News
- 2026 Mar 05 14:19
वालिङ, फागुन २१ गते । बालज्योति आधारभूत विद्यालय, वालिङ–१० मा स्थगित भएको मतदान पुनः सुरु भएको छ। मतदाताले निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र फेला पारेपछि विवाद हुँदा मतदान प्रक्रिया रोकिएको थियो।
१७१ मत खसिसकेको अवस्थामा विवाद भएपछि दुवै मतदान पेटिकालाई सिलबन्दी गरी छुट्टै गणना गर्ने सहमति भएपछि मतदान पुनः सुरु गरिएको स्याङ्जा क्षेत्र नं. २ का निर्वाचन अधिकृत ऋषि पौडेल ले जानकारी दिनुभयो। समस्याबारे निर्वाचन आयोग, नेपाल मा जानकारी पठाइएको उहाँले बताउनुभयो।
यसअघि १७१ मत खसेको मतपेटिकालाई सिलबन्दी गरी सुरक्षित राखिएको छ। प्रत्यक्ष र समानुपातिकतर्फका नयाँ मतपेटिका राखेर मतदान प्रक्रिया पुनः सुरु गरिएको हो। झन्डै दुई घण्टासम्म अवरुद्ध भएको मतदान अहिले सुचारु भएको छ।
७०१ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा अहिले मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)










.jpg)






प्रतिक्रिया