काठमाडौं क्षेत्र नं. १ मा रास्वपाको ऐतिहासिक जित, रञ्जु दर्शना विजयी
- BFIS News
- 2026 Mar 06 08:19
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी छन्। यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रमा पहिलो पटक खाता खोलेको छ।
दर्शनाले १० हजार ५८० मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले २ हजार ३५५ मत ल्याएका छन्।
लगातार नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा यस पटक भने राष्ट्रिय स्वतन्त्र पार्टीले इतिहास रचेको छ। मातृत्वसँगै नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गरेकी दर्शना मतदातामाझ लोकप्रिय रहँदै सानदार जित निकाल्न सफल भएकी हुन्। चुनावी प्रचारका क्रममा घरदैलो अभियानमा उनलाई जनताले अत्यधिक रूपमा रुचाएका थिए। निर्वाचन अधिकृतका अनुसार अब गन्न बाँकी मतले समग्र परिणाममा कुनै असर पार्ने छैन।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpg)








प्रतिक्रिया