NIMB Header 2
Nepal Life

उपत्यकामा सवारीसाधनको प्रदूषण मापन अभियान सुरु, स्थलगत जाँच कडाइ

NMB Bank
  • BFIS News
  • 2026 May 06 14:36
उपत्यकामा सवारीसाधनको प्रदूषण मापन अभियान सुरु, स्थलगत जाँच कडाइ
United Ajod

काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका सवारीसाधनहरूको उत्सर्जन स्तर नियन्त्रण गर्ने उद्देश्यले वातावरण व्यवस्थापन विभागले स्थलगत प्रदूषण परीक्षण अभियान सुरु गरेको छ।

Shikhar
Nepal Life
NIMB

बुधबार काठमाडौंको बबरमहल क्षेत्रमा सार्वजनिक सवारीसाधनहरू लक्षित विशेष जाँच सञ्चालन गरिएको हो।

वातावरण व्यवस्थापन विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलको संयुक्त समन्वयमा सञ्चालन गरिएको उक्त जाँचमा सवारीसाधनबाट निस्कने धुवाँको मात्रासँगै यान्त्रिक अवस्था र आवश्यक कागजातहरूको समेत निरीक्षण गरिएको थियो।

विभागका अनुसार विद्यमान कानुनी व्यवस्था अनुसार सार्वजनिक सवारीसाधनले प्रत्येक छ महिनामा र साना तथा मझौला सवारीसाधनले वर्षमा एक पटक अनिवार्य रूपमा प्राविधिक परीक्षण गराउनुपर्ने व्यवस्था छ।

प्रदूषण मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई तत्काल मर्मत गरी पुनः परीक्षणका लागि उपस्थित हुन निर्देशन दिइएको छ। मापदण्डमा असफल भएका सवारीसाधनको रुट इजाजत सुधार नभएसम्मका लागि निलम्बन गरिने व्यवस्था पनि लागू गरिएको विभागले जनाएको छ। त्यस्ता सवारीसाधनले यात्रुहरूलाई अन्तिम गन्तव्यसम्म पुर्‍याएपछि पुनः सञ्चालन गर्न नपाउने प्रावधान छ।

मर्मतपछि पुनः परीक्षणमा मापदण्ड पूरा गरेपछि मात्र त्यस्ता सवारीसाधनलाई सञ्चालन अनुमति दिइने विभागले स्पष्ट पारेको छ। वातावरणीय संरक्षण तथा सहरी प्रदूषण नियन्त्रणलाई लक्ष्य गर्दै यस्तो अनुगमन अभियानलाई निरन्तरता दिइने बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया