Nepal Life

गभर्नर अधिकारी बिआइएसको अन्तरदेशीय भुक्तानी प्रणालीबारेको उच्चस्तरीय छलफलमा सहभागी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Thu 09:38
गभर्नर अधिकारी बिआइएसको अन्तरदेशीय भुक्तानी प्रणालीबारेको उच्चस्तरीय छलफलमा सहभागी
Sanima Reliance

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी असार १५ र १६ गते स्विट्जरल्याण्डको बासेलमा आयोजित The Bank for International Settlements (BIS) s को ९४ औँ वार्षिक बैठकमा सहभागिता जनाएका छन् । सो बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीहरूको सहभागिता थियो ।  

NIMB

बैठकका क्रममा गभर्नर अधिकारीले ‘High Level Meeting on Cross-border Payments’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा विभिन्न राष्ट्रका अन्तरदेशीय भुक्तानी प्रणालीमा भएका उपलब्धि र चुनौतीका सम्बन्धमा छलफल भएको थियो । सो अवसरमा गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा आयोजित 'Policy Approaches for Addressing Risks posed by the use of AI in Financial Services' विषयक अन्तरक्रियामा सहभागी भएका थिए । उक्त कार्यक्रममा Artificial Intelligence को प्रयोग, यसले ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न विश्वका विभिन्न केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाबारे छलफल भएको थियो ।

बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको सन् २०२३/२४ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विश्वभरका केन्द्रीय बैंकले लिएका कसिलो मौद्रिक नीतिका कारण मुद्रास्फीति र वित्तीय स्थायित्वमा सुधार आएको चर्चा गरेका थिए । उनले मुद्रास्फीतिमाथि विजय घोषणा गर्ने समय भने आइनसकेको भन्दै विगतका आर्थिक तथा वित्तीय सङ्कटको अनुभवबाट पाठ सिक्दैकेन्द्रीय बैंकहरू ढुक्क भएर बस्ने स्थिति नरहेको धारणा राखेका थिए ।

बैठकका दौरान गभर्नर अधिकारीले बीआईएस, बैंकिङ विभागका प्रमुख लुइस बेनगोचिया र उक्त विभागका अधिकृतहरूसँग छलफल गरी विभागको कार्यक्रम तथा योजनाबारे जानकारी लिएका थिए । यसैगरी, उनले भारतीय रिजर्ब बैंक, स्टेट बैंक अफ पाकिस्तान, बैंक अफ मङ्गोलिया, बैंक अफ मौरिसस र अन्य केन्द्रीय बैंकका गभर्नर तथा उच्च अधिकारीहरूसँग समेत भेटघाट गरेका थिए । कार्यक्रममा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेलको समेत सहभागिता थियो ।

बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सन् १९३० मा स्थापित यस संस्थामा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन्। यसको मुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया