नेपाल राष्ट्र बैंकले जानकी फाइनान्सको वित्तीय विवरण स्वीकृत नगर्दा शेयर बजारमा चरम गिरावट, राहात प्याकेज ल्याउन विज्ञको सुझाव
- BFIS News
- 2025 Jan Wed 14:01
काठमाडौं । नेपाल राष्ट्र बैंकले जानकी फाइनान्सको वित्तीय विवरण स्वीकृत नगर्दा शेयर बजारमा फाइनान्सको शेयर मूल्यमा चरम गिरावट आएको छ । फाइनान्सको शेयर मूल्य विगत १५ दिनदेखि लगातार गिरावट हुँदै आइरहेको छ ।
फाइनान्सले आज नेपाल स्टक एक्सचेन्ज मार्फत नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत नगर्दा साधारणसभा गर्न नसकिएको भन्दै चैतसम्ममा साधारणसभा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
फाइनान्सले चालु आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरण सार्वजनिक गर्दा प्रतिशेयर आम्दानी ४० रुपैयाँ देखाएकोमा दोस्रो त्रैमाशिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्दा प्रतिशेयर आम्दानी नै ऋणात्मक देखाएको छ । यस सँगै फाइन्सले सार्वजनिक गरेको सूचना प्रति गम्भिर संका उत्पन्न भएको थियो ।
विगत एक वर्षको अवधिमा फाइनान्सको शेयर मूल्य ३५० रुपैयाँबाट १०८३ रुपैयाँसम्म पुगेको छ । यसै क्रममा संस्थाको शेयर मूल्य अधिकतम विन्दुबाट ४९८ रुपैयाँसम्म तल झरिसकेको छ । नेपाल राष्ट्र बैंकले संस्थालाई कुनै पनि समयमा एक्सन लिन सक्ने भन्दै लगानीकर्ताहरु त्रसिद भएका हुन् । यद्यपी नेपाल राष्ट्र बैंकले फाइनान्सहरुका लागि केहि रिलिफ प्याकेज ल्याउने तयारी गरिरहेको छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले संस्था तथा ऋणी दुबैको हितमा हुने गरि काम गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
अहिले खराव कर्जा बढ्दै गर्दा व्यवसायीहरुलाई नै असर पार्ने गरी काम गर्नु भन्दा पनि नेपाल राष्ट्र बैंकले कर्जा तिर्न नसक्ने ऋणीहरुलाई सहुलियत प्याकेज दिएर सकेसम्म व्यवसायलाई उकास्ने काम गर्ने अवसर दिने र नसकेमा निश्चित रकम दिएर रिकभरीमा मद्दत पुर्याउनेसम्मका प्याकेज दिनु पर्ने बैंकिङ विज्ञ रत्नराज बज्राचार्यको सुझाव छ ।
प्रतिक्रिया